नियम ६
क्षतिपूर्ति भराउने प्रक्रिया
(१) ऐनको दफा ४४ बमोजिम पीडित र कसूरदारले क्षतिपूर्ति लिने दिने सहमति गरेमा सोही बेहोरा खुलाई अदालतमा संयुक्त निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पेश भएको निवेदन बेहोरा मनासिब देखिए अदालतले निवेदन बमोजिम क्षतिपूर्ति भराईदिने आदेश गरी क्षतिपूर्ति लिने दिने पक्षको कागज गराई मिसिल संलग्न गर्नु पर्नेछ ।